वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा !


शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा शनिबार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

वीरगन्जमा केहिदिन यता कोरोनाको लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको, तीन दिनमै ३ जना संक्रमितको मृत्यु भएको र आइसोलेसनमा रहेका केहि संक्रमितको अवस्था गम्भीर देखिएकोले स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको हो ।

 

संक्रमण थप फैलन नदिन तथा कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाइ प्रभावकारी बनाउन वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए ।

निषेधाज्ञा जारी भएपछि महानगर क्षेत्रमा सर्वसाधरणलार्इ घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।