भारतले ढायो उच्च सतर्कता ! चीनले लद्धाख नजिक तैनाथ गर्यो परमाणु क्षेप्यास्त्र


जुन १५ मा भारत र चीनका सेनाबीच हतियार विहीन रक्तपातपूर्ण झड पछि वार्ता मार्फत सीमा समस्या समाधान गर्ने प्रयास भईरहेको छ । कमाण्डर स्तरमा र कुटनैतिक स्तरमा वार्ता पछि लद्धाखको झडप भएको क्षेत्रबाट दुबै देशले डेड किलो मिटर सेना पछि हटाएका छन् । तर पनि दुबै देशले सीमाको निगरानी र युद्धको तयारी छाडेका छैनन् ।

भारतले हालै फ्रान्सबाट अत्याधुनिक लडाकु विमान राफेल भित्र्याएको केही समय वित्न नपाउदै चीनले लद्धाख नजिक परमाणु र परम्परागत दुबै क्षेप्यास्त्र प्रहार गर्न सक्ने डिएफ २६ तैनाथ गरेको दाबी गरिएको छ । यो लद्धाख भन्दा ५ सय किलो मिटर मात्र नजिक छ ।डिएफ २६ चीनले अमेरीका बिरुद्ध लक्षित गरेर सन् २०१५ मा जनमुक्ति सेनामा सामेल गरेको थियो ।

यसलाई गुआम किलर पनि भनिन्छ । जापानको गुआममा रहेको अमेरीकी सैन्य अखडालाई लक्षित गरेर यो हतियारको विकास गरिएको हो ।यसको मारक क्षमता ४ हजार किलो मिटर रहेको छ । साथै परमाणु र परम्परागत दुबै हतियार एकै पटक लान सक्ने भएकाले विपक्षीलाई कुन हतियार ल्याउदै छ भनेर ठम्याउन कठिन पर्ने विज्ञहरुको चेतावनी छ ।

लद्धाख नजिक तैनाथ यो डिएफ २६ ले भारतको दिल्ली सहित अधिकाश शहरहरुलाई निशाना बनाउन सक्ने नवभारत टाईम्सले उल्लेख गरेको छ ।सिन्जियागं प्रान्तको कोर्ला सैन्य आधार शिविरमा डिएफ र परमाणु वम बर्षक विमान तैनाथ गरिएको स्याटेलाईट तस्वीरहरुमार्फत खुलासा भएको दाबी गरिएको छ ।

फेडरेशन अफ अमेरीकी साईन्टीष्टले स्याटेलाईट मार्फत लिएको यो तस्वीर जारी गर्दै चीनको यो आक्रामक रबैयाले छिमेकीलाई तनाव उत्पन्न गराउने दाबी गरिएको छ ।अमेरीकी विज्ञहरुले भारतसगँ भन्दा बढी चीनसगँ परमाणु हतियार रहेको बताएका छन् । भारतसगँ करीब एक सय ५० परमाणु हतियार रहेको छ भने चीनसगँ ३ सय २० परमाणु हतियार रहेको छ ।

रिपोर्ट अनुसार चीन छिट्टै फ्रान्सलाई उछिन्दै रुस र अमेरीका पछि धेरै परमाणु हतियार बनाउने देश भित्र पर्दै छ ।
परमाणु हतियारमाथि निगरानी गर्ने अन्तराष्ट्रिय संस्था सिप्रीका अनुसार पछिल्लो बर्ष मात्रै चीनले ३० वटा परमाणु बम बनाएको छ ।साथै चीनले भारतसगँको सीमा नजिक लामो दुरीको परमाणु बम्बर, क्रुज मिसाईल जस्ता अत्याधुनिक हतियार, टैंक र ड्रोन समेत तैनाथ गरेको छ ।

भारतले पनि सीमानामा चीनलाई जवाफ दिन भन्दै थप सेना उतारेको छ भने टैंकहरु , लडाकु विमानहरु एलर्ट राखेको छ । हालै फ्रान्सबाट ल्याएको राफेल पनि चीनीया सीमा नजिक तैनाथी शुरु भएको छ ।
जुन १५ मा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि केही तनाव भए पनि कम भएको भनिएका बेला यी समाचार सार्वजनिक भएका छन् ।डोप्सागं लगायतका अन्य क्षेत्रमा दुबै देशले सेनाको संख्या बढाईरहेका छन् सन् १९६२ को युद्ध पछि दुबै देशले सीमामा शक्ति केन्द्रीत गरेर पुनः आमनेसामने भएका छन् ।