अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताएकी छिन्। उनले यो सबै आफ्नै मर्जीले गरेको पनि उल्लेख गरेकी छिन् । मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरेकी थिन् । उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ भयो ।त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरेकी हुन् । बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन् । त्यति बेला उनलाई विमानका कर्मचारीले खाना र ड्रिङ्क्स दिएक थिए । मारिसाले भनिन्, -त्यो पागल नै बनाइदिने अनुभव थियो । विमानभित्र १५० जना यात्री थिए र मेरो सबैभन्दा डर कतै उनीहरुलाई पनि संक्रमण हुने त होइन भन्ने थियो ।
मारिसाले आइसल्यान्डियरको विमानको शौचलयबाट टिकटकमा एउटा भिडियो पनि पोस्ट गरकी थिन । यतिबेला उनले आफूलाई मद्दत गर्ने विमान परिचारिकाको पनि प्रशंसा गरेकी हुन् । उनले भनिन् -पाँच घण्टाको यात्रामा मलाई के कुराको आवश्यक पर्छ, त्यसबारे उहाँहरुले एकदमै याद गर्नु भयो । उनीहरुले मलाई बारम्बार मेरो हालखबर सोधिरहेका थिए । आइसल्याण्डबाट उत्रिएर उनी रेड क्रस होटलमा आइसोलेट भएको बताएकी थिन् ।














प्रतिक्रिया