नेपाली सांगीतिक क्षेत्रमा बिल्कुलै फरक र सन्देशमुलक गीत “मेरो जात हो नेपाली” सार्वजनिक भएको छ । २१ औं शताब्दीमा पनि जातभातको कुरा निकाल्ने ब्यक्ती मानव नै हैन । यस गीतमा मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली हो भन्ने सन्देश दिन खोजिएको छ ।
यो गीत राष्ट्रिय भावले ओतप्रोत रहेको छ । सांगीतिक क्षेत्रमा यस्ता गीत कम मात्रमा आउने गर्दछन् । “५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२” को अवसरमा पारेर थप चेतना फैलाउनका लागि “मेरो जात हो नेपाली” गीत सार्वजनिक गरेको कुरा सोही गीतको निर्माण पक्षले जनाएको छ ।
यस गीतमा दिल्ली अधिकारीको स्वर रहेको छ भने भिम अधिकारीको शब्द, सुशील बिश्वकर्माको संगीत रहेको छ ।
सो गीतमा चर्चित निर्देशक शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने अजय रेग्मीको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु दिलिप रायमाझी, केकि अधिकारी, शंकर बिसि, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बिसि, रिचा थापा आदिको अभिनय रहेको छ ।
यस गीतलाई intra-national welfare and support को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।
.(भिडियो सहित)
प्रतिक्रिया