काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले उनका प्रतिस्पर्धि केशव स्थापितको वडामा पनि झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन्। स्थापित आफ्नै वडामा तेस्रो भएका छन् काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नै वडा बासीको समेत अपेक्षित भोट पाउन सकेका छैनन् । जारी मतगणनामा स्थापितको वडा नम्बर २९ मा १३ सय ७० मत गन्दा बालेन शाहले ४ सय ६२ मत प्राप्त गरेका छन्।
बालेनपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३ सय २१ मत ल्याएकी छन् भने स्थापितले जम्मा २७० मत पाएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अन्य वडाहरुमा बालेनले धेरै मतले अग्रता लिइरहँदा स्थापितलाई उनको वडामा भोट आउने आंकलन गरिएको थियो । तर सुरुवाती गणनामा बालेन पहिलो र सिर्जनाले दोस्रो धेरै मत ल्याएका छन् ।
प्रतिक्रिया