कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको श्रोतले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका-३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी नजिक रोपाइँ गर्न गएका थिए।
साेही क्रममा उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
प्रतिक्रिया