अवदेखी त्रिभुवन अन्तरास्ट्रिय बीमान स्थलमा लाग्यो यस्तो नियम


People thronging at Tribhuvan International Airport in Kathmandu to leave for their respective destinations following the devastating earthquake in Nepal.
अनलाइन टिभी नेपाल काठमाण्डौ ,त्रिभुवन अन्तरास्ट्रिय बीमान स्थलमा हाल रास्ट्रिय तथा अन्तरास्ट्रिय बायु सेवाका उडानहरुको संख्या बढ्दो रहेकोले बिमानस्थल भिडभाड ब्यबस्थापन समितिले नयाँ नीति ल्याएको छ । आजदेखि आन्तरिक र बाहिय यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जना मात्र उपस्थित रहन पाइने नियम बनेको छ ।

एयरपोर्ट टर्मिनल र डिपार्टचरको वरीपरि ब्यस्त समयमा यात्रुका लागि आउने आफन्त, परिवार तथा साथीभाईहरुको अत्याधिक भिडले निकै समस्या दिइरहेको छ । जसले गर्दा, यात्रुको सुरक्षित आवत जावतमा कठिनाइ, ट्राफिक समस्यादेखि प्यासेंजर ड्रप एरियामा दुर्घटनासम्मका घटना बढेकाले आम जनताको सुरक्षाकै लागि यो नियम लागु गर्न लागेकोबारे त्रिभुवन अन्तरास्ट्रिय बीमान स्थलले प्रेश बिज्ञप्ति पेश गरि जानकारी गराएको छ ।
शब्य मानिशको पहिचान दिदै एयरपोर्टभित्र अत्याधिक भिडभाड नगरिदिन त्रिभुवन अन्तरास्ट्रिय बीमान स्थलको सुरक्षा समितिले आग्रह गरेको छ ।