अनलाइन टिभी नेपाल काठमाडौं, ललिता निवास प्रकरणको सरकारी जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञावलीले जानकारी दिए। दुबै पक्षको थुनछेक बहस सकिएपछि अदालतले पुर्पक्षका लागि आदेश दिएको हो।
इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहितलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनीसँग इजलासले दुई करोड ४६ लाख धरौटी माग गरेको छ। यो प्रकरणमा थुनामा रहेका १७ जनासँग धरौटी मागेको जिल्ला अदालतले एक जनालाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
कोसँग कति धरौटी माग ?
मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
कलाधर देउजा– १५ लाख
विनोद पौडेल– १५ लाख
रुद्रकुमार श्रेष्ठ– ७ लाख ५० हजार
लोकरि घिमिरे – ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ – ७ लाख ५० हजार
घमनकुमार कार्की– ७ लाख ५० हजार
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र – ७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ – ७ लाख ५० हजार
गोपाल कार्की – ७ लाख ५० हजार
शिवजी भट्ट– ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल– ३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन– १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
केशव तुलाधर- साधारण तारेखमा रिहा
प्रतिक्रिया