काठमाडौं – फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्ने भएको छ ।समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९: ४५ बजे सुरु हुन गइरहेको छ ।नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको छ ।एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो ।
दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको थियो । नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ ।यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ भने बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्ने भएको छ ।
यूएईका प्रशिक्षक पाउलो बेन्टोले पनि आफ्नो लक्ष्य पूरा भइसकेको बताउँदै नेपालविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । हामीले हाम्रो लक्ष्य पूरा गरिसकेका छौं । अब हामी बाँकी खेलमा पनि जित निकाल्दै समूहको शीर्ष स्थानमा रहन चाहन्छौं।यस्तै नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन् । यसपटक तयारी राम्रो भएको छ । खेलमा हारजित जे भए पनि हामी राम्रो खेल खेल्छौं । मलाई खेलाडीहरुमा विश्वास छ, एनेसले पनि भने-विगतको भन्दा यो टोली अनुभवी रहेको छ । यूएईविरुद्ध राम्रो खेल पस्केर हामी एसियन कपको तेस्रो चरणको छनोट खेल्न चाहन्छौं ।
प्रतिक्रिया