काठमाडौं– सोमबार (असार३१ गते) दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक सरेको छ। अब बैठक सोही दिन दिउँसो ४ बजे बस्ने छ। ‘विशेष कारणबस’ बैठक सारिएको संसद सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको थियो।
यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ।
प्रतिक्रिया