काठमाडौं– नवनियुक्त २१ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका थिए।
गत असार १७ गते बनेको कांग्रेस(एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्।
यस्ता छन् २१ जना मन्त्री
कांग्रेसबाट
प्रकाशमान सिंह– सहरी विकास
रमेश लेखक– गृह
आरजु राणा– परराष्ट्र
तेजुलाल चौधरी– युवा तथा खेलकुद
अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का– ऊर्जा
ऐनबहादुर शाही– वन तथा वातावरण
प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी
एमालेबाट –
विष्णु पौडेल– अर्थ
पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई– रक्षा
जसपा
प्रदीप यादव– खानेपानी
नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोसपा
शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
प्रतिक्रिया