प्रधानमन्त्री ओलीले साउन ६ मा विश्वासको मत लिने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनका लागि पत्र पठाएका हुन् ।

पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए ।