काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेनको उद्धार गरिएको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको हो । बुधबार बिहान ११ बजेतिर ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया