काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन (एएमई–सीआरजे २००) जहाज रहेको खुलेको छ ।
पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । अहिले उद्दारको काम चलिरहेको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । बुधबार बिहान ११ बजेतिर ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको हो ।
प्रतिक्रिया