मर्मतका लागि पोखरा जाँदै गर्दा जहाज दुर्घटना, जहाजमा सवार सबैजना सौर्य एयरलाइन्सको कर्मचारी भएको पुष्टि (नामावलीसहित )


काठमाडौं– त्रिभुवन विमानस्थलमा नजिकै दुर्घटनामा परेको विमान मर्मतको लागि पोखरा जान लागेको पुष्टी भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार जहाजमा दुई चालकदलसहित १९ जना सवार थिए । उनीहरु सबैजना सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ ।

घटनामा १८ जनाको शव निकालिएको नागरिक उड्ययन प्राधिकरणले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । त्यस्तै एक जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये एक विमानका क्याप्टेन ३७ वर्षीय मनीष शाक्य छन् । आँखामा चोट लागेको उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

घटनास्थलबाट निकालिएका सबै शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बुधबार बिहान करिब ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो । सौर्य एयरलाइन्सको ९ एन (एएमई–सीआरजे २००) जहाज दुर्घटनामा परेको हो ।

पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । भुइमा जहाज पछारिएपछि भिषण आगो लागेको थियो । हाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।

जहाजमा १९ जना यात्रुहरु सवार रहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

दुर्घटनामा परेकाहरूको नामावली

क्याप्टेन : एमआर शाक्य

कोपाइलट: एस कटुवाल

अमितमान महर्जन

सागर आचार्य

दिलीप वर्मा

मनुराज शर्मा

अश्विन निरौला

सुदीपलाल जोशी

सर्वेश मरासिनी

श्याम विन्दुकार

नवराज आले

राजाराम आचार्य

प्रिजा खतिवडा

अधिराज शर्मा

उद्धव पुरी

यज्ञप्रसाद पौड्याल

सन्तोष महतो

पुण्यरत्न शाही

एरिफ रेडा