काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएको सबैको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
शिक्षण अस्पतालले १८ जनाकै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।
बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा पाइलट मनिष रत्न शाक्यको जीवितै उद्धार गरिएको छ । विमानमा सवार १९ जनामध्ये उनीबाहेक सबैको मृत्यु भएको छ ।
प्रतिक्रिया