प्रहरी चौकीमा पस्यो खहरे खोला


काठमाडौं– ललितपुरको आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । बागमती गाउँपालिका–६ स्थित उक्त प्रहरी चौकीमा खहरे खोला पसेको हो ।

शनिबार राति पानि परेपछि आएको पपहिरोले ह्युम पाइप पुरिएको थियो । सोपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताएका छन्। चौकीभित्रै खहेर पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।