सुनसरीमा मासिक १२ वटा बलात्कारको घटना


सुनसरी– सुनसरीमा पछिल्लो चार महिनामा ४८ वटा बलात्कारका घटना भएका छन् । गत वैशाखदेखि साउनसम्म ६ देखि ५० वर्ष उमेर समूहका महिला बलात्कारको सिकार भएको तथ्याङ्कले देखाएको छ ।

सुनसरी जिल्ला अदालय डायरी शाखाका अनुसार चार महिनामा दर्ता भएको ४८ वटा बलात्कारको घटनामध्ये १५ जनालाई पूर्वपक्षका लागि करागार चलानको आदेश भएको छ । १२ वटा मुद्दामा धरौटी भएको छ । बाँकी मुद्दा प्रक्रियामा रहेको छ । यो तथ्याङ्क अनुसार सुनसरीमा मासिक १२ वटा बलात्कारको घटना भइरहेको देखिन्छ ।