काठमाडौं– असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो ।
विसं २०७२ सालको भुकम्पमा परि भत्किएको धरहरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै उद्घाटन गरिसकेका छन् । त्यतिबेला धरहरा पूर्णरुपमा निर्माण भइसकेको नै थिएन । धरहराको स्तम्भ निर्माण भएपनि भूमिगत पार्किङ लगायतका संरचना बनाउन बाँकी नै थियो । यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ। लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि रहेको छ । उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।
प्रतिक्रिया