काठमाडौं– असोज ११ र १२ गते गएको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १५८ जना घाइते भएका छन् ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको उनले जानकारी दिएका छन् ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
प्रतिक्रिया