काठमाडौँ- बलिउड अभिनेता सैफ अली खान आज लीलावती अस्पतालबाट डिस्चार्ज हुँदैछन्। अस्पतालले उनलाई मंगलबार साँझसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ।
सैफ सतगुरु शरण अपार्टमेन्ट, जहाँ आक्रमण भएको थियो, त्यहाँ फर्कने छैनन्। उनी पहिले बसेको फच्र्यून हाइट्स अपार्टमेन्टमा जानेछन्। सतगुरु अपार्टमेन्टमा जानु अघि सैफ आफ्नो परिवारसँग फच्र्यून हाइट्समा बस्थे।
हालसम्म यस अपार्टमेन्टलाई उनले आफ्नो अफिसको रूपमा प्रयोग गर्दै आएका थिए। सोमबार राति नै फच्र्यून हाइट्समा उनका घरको सामान सारिएको बताइएको छ। सैफ अली खानको यस निर्णयले सुरक्षा र परिवारसँगको निकटतालाई प्राथमिकता दिएको संकेत गर्छ।
प्रतिक्रिया