काठमाडौं – स्मार्टफोन ब्रान्ड टेक्नोले बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ।
अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा टेक्नोको जुनसुकै मोडेलको स्मार्टफोन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन्। योजनाअन्तर्गत ग्राहकले सुन तथा चाँदीका चंगा र सिक्का जित्ने अवसर पाउनेछन्।
टेक्नो स्मार्टफोन खरिद गरेपछि आधिकारिक विक्रेता वा अनलाइन माध्यममा उपलब्ध QR कोड स्क्यान गरी नाम, सम्पर्क नम्बर, ठेगाना र फोनको IMEI नम्बर दर्ता गर्नुपर्नेछ।
विवरण दर्ता गरेपछि ग्राहकले डिजिटल स्क्र्याच कुपन प्राप्त गर्नेछन्। कुपनमार्फत भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन्।
तत्काल उपहार नपाउने ग्राहक पनि बम्पर लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। अभियानको अन्त्यमा हुने लक्की ड्रबाट एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको सुनको चंगा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
टेक्नो नेपाल तथा भारतका सीईओ अरिजित तालापात्राले नेपाली ग्राहकले दिएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै चाडपर्वको खुसीलाई थप विशेष बनाउन योजना ल्याइएको बताए।






















प्रतिक्रिया