काठमाडौँ- भारतको महाराष्ट्र राज्यमा भएको दुःखद रेल दुर्घटनामा ११ जनाको ज्यान गएको छ। पुष्पक एक्सप्रेस रेलमा आगलागी भएको हल्लाका कारण यात्रुहरूले रेलबाट हाम फालेपछि विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले किचेर उनीहरूको मृत्यु भएको हो।
अधिकारीहरूले घटनामा पाँच जना घाइते भएका र तिनीहरूको उपचार भइरहेको जानकारी दिएका छन्।
भारतको रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसले रेल दुर्घटनामा ज्यान गुमाएका छन्।
सन् २०२३ मा भएको अर्को ठूलो दुर्घटनामा यात्रु रेल र मालवाहक रेल ठोक्किँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो। त्यस घटनामा पटरीबाट खसेका डब्बाहरूले अर्को तीव्र गतिमा गइरहेको रेललाई ठक्कर दिएका थिए।
प्रतिक्रिया