काठमार्डाैँ- अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन, मंगलबार, अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ। ती ३०८ जना आप्रवासी देशका विभिन्न भागबाट पक्राउ परेका हुन्।धरैजसो पक्राउ परेका आप्रवासीमाथि अपराध, अपहरण, हत्या, र बलात्कारजस्ता गम्भीर आरोप लागेको बताइएको छ।
पहिलो दिन पक्राउ परेकामध्ये ४ जना बंगलादेशी नागरिक छन्, जसलाई न्यूयोर्कको ब्रुकलिन फुल्टन क्षेत्रबाट पक्राउ गरिएको हो।आईसीई ले देशभर व्यापक छापा मार्ने अभियान सञ्चालन गरेको छ। अवैध आप्रवासीहरूसँग सोधपुछ पनि गरिरहेको छ। ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहणको भोलिपल्टै कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गर्न अभियान सुरु गर्ने घोषणा गरेका थिए। ट्रम्पले सीमामा सुरक्षा कडा पार्ने र अवैध आप्रवासीहरूको प्रवेश रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
अमेरिकामा ७ लाखभन्दा बढी अवैध आप्रवासी रहेको अनुमान गरिएको छ। प्यू रिसर्च सेन्टरका अनुसार २०२३ सम्म अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूको संख्या ४ करोड ७८ लाख छ, जुन विश्वभरका कुल आप्रवासीहरूको २० प्रतिशत हो। ट्रम्पले शपथ ग्रहण समारोहमा अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गर्ने योजना रहेको बताएका छन्।
प्रतिक्रिया