काठमाडौँ- महोत्तरीको पिपरा गा।पा। वडा नं। ३ बनटोलवा स्थित पोखरीमा एक कार अनियन्त्रित भएर खस्दा चालकलाई सामान्य चोट लागेको छ।
दुर्घटना बिहीबार बिहान १० बजे भएको हो। प्र ३(०१(०२३ च ५५५४ नं। को कार सहोदवाबाट जनकपुरतर्फ जाँदै गर्दा अचानक पोखरीमा खसेको थियो।
ईलाका प्रहरी कार्यालय सहोडवाका अनुसार, कार ५७ वर्षीय विश्वनाथ यादवले चलाइरहेका थिए। उनलाई घाँटी र कम्मरको पछाडि सामान्य चोट लागेको थियो। स्थानीय मेडिकलमा उपचार पछि उनी डिस्चार्ज भइसकेका छन्।
प्रहरी टोली पनि दुर्घटनास्थलमा पुगेको थियो। प्रहरी नायब निरीक्षक ओम प्रकाश मण्डलको नेतृत्वमा खटिएको टोलीले डोजरको मद्दतले करिब ११स्३० बजे कारलाई पोखरीबाट बाहिर निकालेको थियो।
दुर्घटनामा कारको विभिन्न पार्टपुर्जा भाँचिएका छन्, तर चालकको अवस्था स्थिर रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया