काठमाडौँ- भारतमा बलात्कार र हत्याका घटनाहरूमा कठोर सजाय दिने क्रम जारी छ। यसै सन्दर्भमा, सन् २०२१ को सामूहिक बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
घटना सन् २०२१ को जनवरीमा भएको थियो। पीडित किशोरी र उनको परिवार सार्वजनिक यातायातको पर्खाइमा थिए। पाँच जनाले मोटरसाइकलमा लिफ्ट दिने बहानामा एकान्तमा लगेर सामूहिक बलात्कार गरे। किशोरीका बुबा र तीन वर्षीया भतिजीले प्रतिरोध गर्न खोज्दा हत्या गरियो। किशोरीको अवस्था गम्भीर हुँदा उपचारका क्रममा बाटोमै उनको मृत्यु भयो।
पाँच जनालाई मृत्युदण्ड। अर्को एक अभियुक्तलाई बलात्कारमा संलग्नता प्रमाणित नभएकाले आजीवन जेल सजाय।
प्रतिक्रिया