चलचित्र विकास बोर्डले निर्माण र प्रदर्शनका लागि इजाजत दिएको, सेन्सर पनि पास भइसकेको फिल्म ‘एक्टर–टेक १’को रिलिज रोकियो । यो फिल्मको रिलिज रोकिदा निर्माताको ३ करोड माथिको बजेट पनि अब के हुन्छ भन्ने अवस्था छ । भोलिका दिनमा फिल्म रिलिज भइहाल्यो भने पनि व्यापार कस्तो गर्ला भन्ने धेरैको चासो छ ।
यो फिल्म रोकिदा अधिकांश फिल्मीकर्मीले भने चलचित्र विकास बोर्डप्रति आक्रोश पोखेका छन् ।
फिल्मका कलाकार तथा निर्देशक निश्चल बस्नेत लेख्छन्–‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यको निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न कसैले पनि रोक्न मिल्दैन । समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टिकरण र मुद्दा लाग्नुपर्ने विकास बोर्डलाई हो कि चलचित्रलाई ?’
यता, निर्देशक मिलन चाम्सले पनि चलचित्र विकास बोर्डले यसको जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन् । अधिकांश फिल्मीकर्मीको आक्रोश चलचित्र विकास बोर्डले इजाजत दिएकोमा छ । तर, यो बिषयमा बोर्डले केही पनि बोलेको छैन ।
प्रतिक्रिया