काठमाडौं, माघ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको ग्वान्टानामो खाडीमा तीस हजार गैरकानुनी आप्रवासीलाई राख्न हिरासत केन्द्र विस्तार गर्न आदेश दिएका छन् ।
देशभर रहेका दशौं लाख अवैध आप्रवासीहरुलाई स्वदेश फिर्ता र कानुनी कारवाहीको क्रम बढेसँगै उनीहरुको व्यवस्थापनकालागि हिरासतको ठाउँ खोजिएको हो ।
यसैक्रममा अमेरिकाले ग्वान्टानामो खाडी प्रस्ताव गरेको हो । कुख्यात अपराधीहरुलाई राख्ने ठाउँका रुपमा अमेरिकाले यसअघि पनि ग्वान्टानामो खाडीलाई प्रयोग गर्दै आएको छ ।
यता क्युबाली राष्ट्रपतिले भने अमेरिकी योजनालाई “क्रूरताको कार्य” भनेको छ। ट्रम्पले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक पद बहाली पछि अमेरिकामा रहेका विकृति अन्त्यका लागि भन्दै विभिन्न कार्यकारी आदेश जारी गरी कार्य अघि बढाएका छन् । उनका कतिपय आदेशहरुप्रति कानुनी रुपमै प्रश्न उठाइएको छ ।
प्रतिक्रिया