पति विष्णुसँग डिभोर्स गर्दै एलिना, अदालतमा हालिन् मुद्दा



गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाविच डिभोर्स हुने भएको छ । गायिका चौहानले जिल्ला अदालत काठमाडौंमा डिभोर्स पत्र दायर गरेकी छिन् ।

उनले, आफ्नो विवाहपछि उत्पन्न परिस्थिती र त्यसले निम्त्याएको विभिन्न अवस्थाका कारण डिभोर्सका लागि मुद्दा दाय गरेको बताएकी छिन् ।

जिल्ला अदालत, काठमाडौंमा उनले दायर गरेको मुद्दामा लेखिएको छ–‘विपक्षि विष्णु सापकोटा र म फिरादिका बिच वि.सं २०८१ साल वैशाख ५ गते माया प्रेममा रहेकोमा सोही आधारमा सामाजिक परम्पार अनुसार विवाह भएको हो । हामी दुई बिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म भएको छैन र म गर्भवती पनि छैन । म फिरादी र विपक्षी प्रतिवादी बिच विवाह भएको एक महिनापछि अष्ट्रेयिा गएका थियौं । अष्ट्रेलिया गएपछिका सुरुका केही दिनसम्म हामी दुई बिचको सम्बन्ध ठिकै राम्रै चलिरहेको थियो । निजका विरुद्ध मैले नेपाल तथा विदेशमा यस निवेदन बाहेक कुनै निवेदन दिएको छैन ।’

उनले निवेदनमा लेखेकी छिन्–‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काँही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि वाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो । त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरुमा ब्यस्त हुँदा निज बिपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरि अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैबाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्नेदेखि म फिरादी र विपक्षी पति बिच सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५(ग)को आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ आफ्नो जिवन बिताउने श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालत समक्ष उपस्थित भएकी छु ।’

एलिनाले पति विष्णुबाट मानसिक कष्ट भएको पनि उल्लेख गरेकी छिन् । एलिनाले श्रीमान्बाट अंश तथा माना चामल कुनै नलिने र मैले पनि विपक्षीलाई मसँग रहे भएको गर गहना, धन सम्पत्ती नदिने गरि विपक्षीसँगको पति पत्नीको सम्बन्ध विच्छेद गरिपाउँ ।’
गायिका चौहानले पति विष्णुलाई नेपाल झिकाउन पनि निवेदन दिएकी छिन् ।