डिभोर्स फाइल दर्ता गरेपछि एलिनाले मुख खोलिन्



गायिका एलिना चौहानले डिभोर्सको फाइल दर्ता गरेपछि मुख खोलेकी छिन् । टिकटकमा लाइभ आउँदै एलिनाले आफूहरुले सल्लाह गरेर नै डिभोर्सका लागि फाइल दर्ता गरेको बताएकी हुन् । उनले, आफ्ना पति विष्णु सापकोटालाई गाली गलौज नगरिदिन पनि आग्रह गरेकी छिन् ।

एलिनाले भनेकी छिन्–‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । झन्, बिहे त सात जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ के हिन्दु संस्कार अनुसार । कुनै बाबु आमाले मुटु फुटाएर छोरीको कन्यादान गरेर डिभोर्स होस् भनेर चाहेका हुँदैनन् । यो निर्णय हामीले एकदमै सोचेर लिएको हो । दुबै जना सल्लाहा गरे, परिवार बसेर लिएको निर्णय हो । कहिलेकाही कति कुराहरु इच्छा भन्दा जरुरी हुदो रहेछ ।’

एलिना अगाडि भन्छिन्–‘बिहे गर्नु हतारको निर्णय थियो । हाम्रो प्रेम बिबाह हो । प्रेम सम्बन्ध हुँदा पनि हाम्रो खटपट हुन्थ्यो । मैले के सोच भने सहन्छु, एक दिन त ठिक हुन्छ । उहाँले पनि सोचे जस्तो भएन । यो मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले नै गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ ।’

एलिनाले आफ्नो जिन्दगी आफैले बिगारेको पनि बताइन् । उनले भनेकी छिन्–‘मेरो जिन्दगी बिगार्नुको कारण म आफै हो । मैले जानीजानी बिहे गरेको हो । उहाँले पनि म कलाकार भएको थाहा पाएर नै बिहे गर्नुभएको हो । दरिलो पनि कति हुनु खै । दह्रो हुँदा हुँदै म के भैसकेँ, के भन्नु । अब, आफ्नो जिन्दगीबाट धेरै कुरा सिकेर अगाडि बढ्छ् । तपाइहरुले पनि मलाई सहयोग गर्न नसकेपनि बाधा नपुर्याइदिनुहोला । हामी दुबैलाई आफ्नो जिन्दगीमा बाँच्ने अधिकार छ । यसैले, उहाँलाई केही भैहाल्यो भने त्यो पश्चातापले मलाई पनि बाँच्न दिदैन । मेरो जस्तो आमा बुबा यो संसारमा सबैको होस् ।’

एलिनाले यो कुरालाई मजाक बनाएर कमाई खाने भाँडो नबनाइदिन पनि आग्रह गरेकी छिन् ।

गायिका चौहानले वैशाखको ५ गते अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । तर, बिहे भएको १० महिनामा नै उनीहरु डिभोर्सको निर्णयमा पुगेका छन् ।