काठमाडौँ – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो।
नेपालले १ सय ४६ रनको लक्ष्य नेदरल्यान्ड्सलाई १९ ओभरमा एक विकेट पनि नगुमाई पूरा गरिदियो। नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ रन बनाउँदै शानदार अर्धशतक पुरा गरिन् भने, पेबे मोलकेनबोरले ४८ रन बनाए।
नेपालले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो। नेपालकी अलराउन्डर पूजा महतोले ५१ बलमा नटआउट ६२ रन बनाउँदै अर्धशतक पुरा गरिन्। कप्तान इन्दु बर्माले ३९ रन र रुबिना क्षेत्रीले २० रन बनाइन्। नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन्।
यस अघि नेपालले ४ वटै खेलमा पराजय भोगेको थियो। नेपाल महिला क्रिकेट टोलीले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग २-२ पटक हार स्वीकार गरेको छ। थाइल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने, नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ। नेपाल भने अङ्कविहीन रहेको छ र पुछारमा छ। लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ।
प्रतिक्रिया