४ घण्टा चल्यो रविको बयान, थुनछेक बहस आजै हुने


चितवन जिल्ला अदालतमा सहकारी ठगी आरोपमा फसिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। बिहान ११:४५ बजे सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो।

अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजै थुनछेक बहस सुरु गर्ने तयारी छ। लामिछानेको बयान चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा भएको थियो।

थुनछेक बहसका लागि लामिछाने पक्षका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित अधिवक्ताहरू सुवर्ण सापकोटा, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, र सञ्जय गोलेले नाम दर्ता गराएका छन्।

सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, र शम्भु बर्तौलाले बहस गर्नेछन्। सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित बुद्धबहादुर थापा र अमृत सुवेदी बहसमा रहनेछन्