आफूलाई ‘धोकेबाज’ भन्न थालिएको एलिनाको गुनासो



गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको गुनासो गरेकी छिन् । ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो प्रस्तुति दिने क्रममा उनले यस्तो भनाई राखेकी हुन् । दर्शकले उनलाई ‘धोकेबाज’ गीत गाउन अनुरोध गरेका थिए ।

सोही क्रममा उनले भनिन्–‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ । भर्खर भर्खर ब्रेकअप भएको छ । यस्तो बेला धेरैपटक धोकेबाज गीत गाउनुहुँदैन । मलाई धोकेबाज धेरै गाउने मुड नै छैन ।’ उनले, यति भनेपछि ‘के माया लाउँछ र’ बोलको गीत गाएकी थिइन् ।

एलिनाको हालै मात्र एउटा भिडियो पनि सार्वजनिक भएको छ । जहाँ, उनले महोत्सवमा गीत गाउँदै गर्दा उनी रोएकी छिन् । उनको आँखाबाट आँशु छल्किएको छ । एलिनाको यो भिडियो सार्वजनिक भएपछि धेरैले उनलाई बलियो हुनका लागि आग्रह पनि गरेका छन् ।