विवाह समारोहमा झगडा हुँदा किशोरको हत्या, ६ जना पक्राउ


काठमाडौँ- बाँकेको बैजनाथ गाउँपालिकामा विवाह समारोहमा झगडा हुँदा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या भएको छ। प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मनिषा राना ९३००, राम बहादुर राना ९३४०, भिजन नेपाली ९१८०, हिमबहादुर बुढा ९२९०, अमृता डाँगी ९२७० र सुजन बुढा ९१८० रहेका छन्।

माघ २५ गते राति करिब ९स्३० बजे बैजनाथ गाउँपालिका(८ बिच लाइन बस्ने सुवास बुढाको विवाहमा झगडा भएको थियो। सो क्रममा १८ वर्षीय दिनेश रोकायामाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि भारतको लखनउ लगिएको थियो, तर आइतबार बिहान उनको मृत्यु भयो।

प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गरी बाँके जिल्ला अदालतबाट म्याद थप गरेको छ। अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशी ले जानकारी दिए।