काठमाडौँ- नेपाल प्रहरीले डोटीका २६ वर्षीय नरेश साउदलाई चितुवाको छालासहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहले धनगढी उपमहानगरपालिका(४ स्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो।
उक्त गेस्ट हाउसमा साउदलाई फेला पारेर खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको चितुवाको छाला बरामद गरिएको थियो।
प्रहरीका अनुसार, उक्त छालाको लम्बाई ८ फिट २ इन्च र चौडाइ २ फिट २ इन्च रहेको छ। साउदलाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ।
प्रतिक्रिया