काठमाडौं – आज संघीय संसद्को प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय भएको छ।
यो बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ, र उक्त बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नेछन्।
गत मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी दिएका थिए। सोही अनुसार आजको कार्यसूचीमा यो कार्यक्रम समावेश गरिएको छ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको लागि सांसदहरूले पहिले नै समूह अनुसार प्रश्नहरू दर्ता गराइसकेका छन्। तिनै लिखित प्रश्नहरूलाई संसदमा प्रधानमन्त्रीलाई सोधिनेछ।
प्रतिक्रिया