जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि सुरु हुने छ ।
समूह ुएु मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी(२० विश्वकपमा खेलेका थिए । प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ ।
यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्नेछ भने पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने छ । यसअघि २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।
एकदिवसीय क्रिकेटमा दुवै टिम अहिलेसम्म १३५ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले धेरै खेल जितेको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
प्रतिक्रिया