गायिका एलिना चौहानले आफ्ना पूर्व पति विष्णु सापकोटालाई गाली नगर्न सबैसँग अपिल गरिन् । डिभोर्स फाइल दर्ता गरेसँगै टिकटक लाइभमा आएर उनले पूर्व पतिलाई गाली नगर्न आग्रह गरेकी थिइन् ।
तर, उनी आफै भने गीतसंगीतको माध्यमबाट पूर्व पतिलाई कटाक्ष गरिरहेकी छिन् । एलिनाको हालै मात्र सार्वजनिक भएको नयाँ गीत ‘छुट्यो पिरिम’का शब्दहरुले उनले पूर्व पतिलाई कटाक्ष गरेको वुझ्न सकिन्छ । अधिकांश संगीतकर्मीहरुले पनि एलिनाले पूर्व पति विष्णु सापकोटालाई लक्षित गरेर गीत लेखिएको तर्क गरेका छन् ।
गीतमा भनिएको छ–‘छुट्यो पिरिम मेरो छुट्यो पिरिम, तेरै कारण बन्धनमा थिएँ म, अब फिरी म । नला बाब मसँग नोटको धाक, चोटको बदला चोटै हो वुझिराख् । जहाँ कदर हुन्न त्यहाँ रहन्न, यो छोरीले अन्याय सहन्न ।’
एलिनाले यो गीतको रचना गरेकी भने होइनन् । तर, उनको भाव अनुसार गीत लेखिएको देखिन्छ । सामाजिक संजालमा उनले यो गीतको चर्को प्रचार पनि गरिरहेकी छिन् ।
प्रतिक्रिया