काठमाडौं । अमेरिकामा एक चार वर्षीय बालकले आइसक्रिम खान नपाएको झोकमा प्रहरीलाई फोन गरेर आफ्नी आमालाई नै गिरफ्तार गर्न प्रहरीले फोन गरेका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार विस्कन्सिनका ४ वर्षीय बालकले गत मंगलबार प्रहरीको आपतकालीन नम्बर ९११ मा फोन गरेका थिए ।ती बालकले प्रहरीसँग फोनमा गरेको कुराकानीको अडियो रेकर्डसमेत सामाजिक सञ्जालमा उपलब्ध छ । जसमा ती बालकले ‘मेरी आमा साह्रै खराब हुनुहुन्छ’ भन्यो ।
उताबाट ‘के भएको हो ?’ भन्ने प्रश्न बालकलाई गरियो । बालकले जवाफमा ‘मेरी आमालाई समातेर लैजानु’ भनेका थिए ।त्यसपछि आमाले फोन खोसेर आपतकालीन सेवाका अधिकारीसँग घटनाको बारेमा जानकारी गराइन् । आफूले छोराको आइसक्रिम खाइदिएको र त्यसैकारण रिसाएर उसले फोन गरेको ती महिलाले जानकारी गराइन् ।
यद्यपि, प्रोटोकलका अनुसार आपतकालीन नम्बरमा कल आइसकेपछि प्रहरी अधिकारीहरू सम्बन्धित घरमा पुगे । प्रहरी समक्ष ती बालकले आफ्नो आइसक्रिम आमाले खाइदिएको र आमालाई गिरफ्तार गरेर लैजान भनेका थिए ।
प्रतिक्रिया