के सहकार्य गर्दैछन् पूजा र दुर्गेश ?



गायक दुर्गेश थापाको चर्चा अहिले चुलिएको छ । ‘दुश्मन हेरेको हेरैं’ बोलको गीत सार्वजनिक गरेपछि उनी एकाएक चर्चामा आएका हुन् ।

उनै, दुर्गेशसँग अहिले सहकार्य गर्न फिल्म क्षेत्रका मानिसहरु पनि इच्छुक देखिएका छन् । दुर्गेशले केही फिल्ममा संगीत पनि भरिसकेका छन् ।

यसैबिच, नायिका पूजा शर्मा र गायक दुर्गेश थापा पनि एकसाथ देखिएका छन् । पूजाले संचालन गरिरहेको ट्याग रेष्टुरेन्टमा पुगेका दुर्गेश उनीसँग टिकटक बनाएर रमाइको देख्न सकिन्छ ।

पूजाले दुर्गेशको अन्तरवार्ताका क्लिप्स पनि आफ्नो सामाजिक संजालमा शेयर गरिरहेको देख्न सकिन्छ । यसले, यी दुइले कुनै नयाँ प्रोजेक्टमा सहकार्य गर्न लागेको आँकलन गर्न सकिन्छ ।

उसो त सामाजिक संजाल प्रयोगकर्ताहरुले पूजा दुर्गेशसँग देखिएपछि पललाई छाडेर यता लागेको तर्क पनि गरेका छन् । तर, यसले पूजालाई खासै फरक परेको छैन ।

विशेष श्रोतले दिएको जानकारी अनुसार, पूजा र दुर्गेशक कुनै एक कार्यक्रमका लागि सहकार्य गर्ने तयारीमा छन् ।