‘सैयारा’ बक्स अफिसमा आक्रामक



फिल्म ‘सैयारा’ बक्स अफिसमा आक्रामक देखिएको छ । यो फिल्मले पहिलो साताको ६ दिनमा डेढ करोड माथिको कमाई गरेको छ । मोहित सुरीले निर्देशन गरेको यो फिल्मको व्यापार आक्रामक हुनुमा यसको कथावस्तु, दर्शकको समीक्षालाई आधार मानिएको छ । हरेक दिन फिल्मको व्यापारमा बढोत्तरी भइरहेको छ ।

यो फिल्मले ६ दिनमै डेढ सय करोड माथिको व्यापार गरेको छ । रिलिजको छैटौ दिनसम्म आइपुग्दा पनि फिल्मको व्यापार २० करोड तल आएको छैन । दोस्रो सातामा फेरि फिल्मको व्यापारले उचाई लिने अपेक्षा गरिएको छ ।

फिल्मले भारतीय बक्स अफिसमा वुधबार २१ करोडको कमाई गर्दै डेढ सय करोडको आँकडा पार गरेको हो ।

यो फिल्मले शुक्रबार २१.५० करोड, शनिबार २५ करोड, आइतबार ३५ करोड, सोमबार २४ करोड, मंगलबार २५ करोड र वुधबार २१ करोडको व्यापार गरेको छ । फिल्मलाई यशराज व्यानरले निर्माण गरेको हो ।

यो फिल्ममा आहान पाण्डे र अनित पड्डाको मुख्य भूमिका छ । पहिलो फिल्मबाटै यी दुई कलाकार स्टार बनेका छन् । यो फिल्मले बक्स अफिसमा कुन तहको व्यापार गर्छ भनेर अहिले नै प्रक्षेपण गर्न नसकिने अवस्था छ ।