टिकटकर आयुष सिंह ठकुरीले माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ साइन गरे । टिकटकमा निकै नै लोकप्रिय आयुष फिल्ममा आउने भएपछि सामाजिक संजालमा यसको चर्चा पनि चुलिएको छ ।
उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ । तर, आयुषले फिल्म साइन गर्दा उनकी श्रीमती एलिजे जमाली सर्वाधिक खुशी छिन् ।
फिल्म साइन गर्ने स्थानमा नै पुगेकी एलिजेले आफूलाई पहिलेदेखि नै आयुष हिरो बन्छन् भन्ने लागेको सुनाइन् ।
आयुषलाई अरु फिल्मको पनि अफर आएको तर आफूले भने ‘राम नाम सत्य’को कथा निकै राम्रो रहेको भन्दै यही फिल्म नै साइन गर्न भनेको एलिजेले बताइन् ।
उनलाई आयुषको लुक्स, मुस्काइन, स्टाइल मन पर्छ । यहीकारण पनि आफूले आयुषलाई भेट्दा नै उनी हिरो बन्छन् भनेर विश्वास गरेको एलिजेको भनाई छ ।
एलिजे जमाली आफू भने तत्काल नायिका बन्ने सोचमा छैनन् । उनले, आयुष हिरो बनेपछि घर कसले हेर्छ भनेर प्रश्न गरिन् ।
यहीकारण पनि आफू अहिले घर हेर्न र युट्युबमा बढी फोकस भएको उनको भनाई छ ।
साउनको अन्तिमबाट छायांकनमा जाने यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा लगायतका कलाकारहरु फाइनल भइसकेका छन् ।














प्रतिक्रिया