बहुचर्चित कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)


काठमाडौं । कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका हुन् । गत असार २३ गते समिति गठन भएको थियो ।

प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै सभापति परियारले चारवटा कार्यादेश दिइएको स्मरण गरे । जसमा दुई वर्ष कुलिङ पिरियड राख्ने राजनीतिक सहमति अनुसारको विधेयकको दफा ८२ को उपदफा ४ र ५ मा तादम्यता कायम नरहनुको कारण खोज्न भनिएको थियो । मंगलबार नै प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको थियो । जसमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गरिएको छ ।