काठमाडौं – फिल्म मेकर्स प्रा.लिको व्यानरमा बनेको फिल्म “मोहर” आजदेखि देशभर प्रदर्शनमा आएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको बलियो वर्ड अफ माउथ पाएको फिल्मले औसत अकुपेन्सीबाट राम्रो व्यापार थालेको वितरक करण श्रेष्ठले जानकारी दिए।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मोहर’को निर्माता चुम्बन जंग शाही हुन्। पल शाह, बेनिशा हमाल र नीति शाहको त्रिकोणात्मक प्रेमकथा र देउकी प्रथाको विषयवस्तुले दर्शकलाई आकर्षित गरेको छ।
फिल्म हेरेका पत्रकार र दर्शकहरूले ‘मोहर’ अपेक्षाभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। दर्शकको माया पाएपछि नायक पल शाह बीग मुभिजमा आयोजित विशेष शोमा भावुक बने। “अहिले म बोल्न सकिरहेको छैन, हामीले धेरै मिहिनेत गरेका थियौं,” पलले भने।
नीति शाह पनि आफ्नो काममा पहिलोपटक सकारात्मक प्रतिक्रिया पाएर भावुक बनिन्। यस्तै, बेनिशा हमालले पनि दर्शकको प्रतिक्रियाले आफू उत्साहित र भावुक बनेको सुनाइन्।
निर्माता शाही फिल्मको व्यापार भोलिका दिनमा अझै बढ्नेमा आशावादी देखिन्छन्।














प्रतिक्रिया