काठमान्डौ । शनिबार आयोजित एक विशेष कार्यक्रममा बिगत ८ वर्ष देखि नेपाली बजारमा स्थापित उत्कृट नेपाली ब्राण्ड डेनीम नेशनले चर्चित नेपाली गायक दुर्गेश थापालाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।
गायक दुर्गेश थापाले विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डहरुका सामु डेनीम नेशनले आप्mनो छुट्टै पहिचान बनाउन सफल भएको र पहिले देखि नै यसको नियमित उपभोक्ता भएको ब्राण्डमा आफु आवद्ध हुन पाउँदा खशी व्यक्त गर्नु भयो । साथै अब नेपाली बजारमा ३डी –दुश्मन, दुर्गेश र डेनीम नेशन आयो है भन्न् भयो ।
उक्त कार्यक्रममा डेनीम नेशनका अध्यक्ष शुसिल वेलबासेले डेनीम नेशनको हाल सम्मको यात्रा तथा नेपाली बजारमा खट्कीएको गुणस्तरको अभावलाई चिर्न आफुले कुनै कसर नराखेको हुनाले आज बजारमा एक स्थापित नाम भैसकेको र चर्चित गायक दुर्गेश थापालाई ब्राण्ड एम्बेस्डरको रूपमा पाउँदा गौरव महशुस गरेको व्यक्त गर्नुभयो । आगामी दिनहरुमा गायक दुर्गेश थापा र डेनीम नेशनको आगामी सहकार्यले अझ उत्कृष्ट उत्पादनहरु बजारमा ल्याउने वाचा गर्नुभयो ।
काठमान्डौको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रमबाट गायक दुर्गेश थापा तथा उहाँको क्रियटिभ टिम र डेनीम नेशनको संयुक्त पहलमा डेनीम नेशनलाई नेपालको नं १ ब्रण्ड बनाउनुका साथै देश विदेशमा पनि यसको पहिचान बडाउने सहमती भएको छ ।
यो सहकार्यले नेपाली संगीत र उदाउँदो नेपाली ब्राण्ड दुवैलाई उकास्ने अपेक्षा गरिएको छ, जसले थापाको बढ्दो लोकप्रियता र नेपालमा उत्कृष्ट उत्पादनहरुको मागलाई फाइदा पु¥याउनेछ ।














प्रतिक्रिया