उज्यालो नेपाल पार्टीको बागमती प्रदेश कमिटी गठन, कुलमानले गरे सम्बोधन


काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले फागुनमा हुने निर्वाचनमा उम्मेदवार मनोनयन गर्ता गर्ने बेला मन्त्री पदबाट राजीनामा दिने भएका छन् । तीन मन्त्रालय सम्हालिरहेका घिसिङले उज्यालो नेपाल पार्टीको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै त्यस्तो संकेत दिएका हुन् ।

उज्यालो नेपाल पार्टीले बागमती प्रदेशबाट आफ्नो संगठन संरचना विस्तारलाई तीव्रता दिएको छ। मंसिर ५ गते दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुँदै संगठन विस्तारका गतिविधि अघि बढाएको हो।

सोमबार इन्द्रेणी बैंक्वेटमा बसेको प्रदेशस्तरीय भेलाले प्रवीण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

घिसिङले आगामी निर्वाचनमा उम्मेदवारी मनोनयनको समयमा मात्र मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको प्रत्यक्ष नेतृत्व सम्हाल्ने तयारी रहेको बताइएको छ।
जेनजी आन्दोलनपछि भदौ २३ र २४ गते दर्ता भएका नयाँ दलमध्ये प्रदेश कमिटीसम्म संरचना विस्तार गर्ने उज्यालो नेपाल पार्टी पहिलो दल बनेको छ। उज्यालो नेपाल पार्टीले मंसिर १७ गते १२ बजे प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा आयोजना गरेको छ। घिसिङले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएका छन् ।