काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार सर्वपक्षीय बैठक बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सहभागिताका लागि नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
यस्तै, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारभएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । तर दलहरू महाधिवेशन केन्द्रित भएकाले अहिलेसम्म चुनावी माहोल तातेको छैन ।














प्रतिक्रिया