काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्दै २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले बढेर ३ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।














प्रतिक्रिया