काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी ओली र ईश्वर पोखरेलले बुधबार बिहान साढे ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान गरिसकेका छन् । बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा केही ढिला गरी मतदान सुरु भएको हो ।

महाधिवेशन प्रतिनिधिहरु मतदानको लागि मतदानस्थल भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा लाइनमा बसेका छन् । यसअघि मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारिँदै बुधबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएको थियो ।

तर, आज पनि निर्धारित समयमा मतदान सुरू नभइ केही समयपछि मतदान सुरू भएको छ । मंसिर २९ सम्म तय भएको महाधिवेशन मतदान प्रक्रियामा ढिलाइ भएकाले कम्तीमा दुई दिन धकेलिएको छ । ओली र पोखरेल प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।






















प्रतिक्रिया