कांंग्रेस नेता शर्मा र बालेनबीच के भो कुराकानी ?


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो कुपण्डोलस्थित कुमार बेनको निवासमा शर्मा र बालेनबीच भेटवार्ता भएको हो । पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार, पत्रकासहित विभिन्न क्षेत्रका भाइरल व्यक्तिलाई समेटेर वैकल्पिक शक्ति निर्माणमा जुटेका बालेन हिजोदेखि सघन भेटवार्तामा व्यस्त छन् ।

सोहीक्रममा कांग्रेस नेता सुनिल शर्माले उनलाई भेटेको बताइएको छ । विघटित प्रतिनिधिसभाका सांसदसमेत रहेका शर्माले पुराना पार्टीका शीर्ष नेताहरूको विरोधमा बोल्ने गरेका छन् । नोबल मेडिकल कलेजका मालिकसमेत रहेका शर्माले केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलमै पुगेर भेटेका थिए ।

सहकारी ठगी प्रकरणमा अदालतले आदेशले जेल परेका व्यक्तिलाई भेटेको भन्दै कांग्रेसभित्रै उनको आलोचना भइरहेको छ । बालेनसँग आफूले प्रतिनिधिसभा पुनःस्थापना भए के गर्नु हुन्छ भनेर सोधेको शर्माले बताए ।